सगरमाथामा भारतीय च्यानल ‘जी न्युज’का पत्रकार चौधरीको गिद्धे नजर ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सगरमाथामा भारतीय च्यानल ‘जी न्युज’का पत्रकार चौधरीको गिद्धे नजर !


२९ पुस २०७७, बुधबार


काठमाडौँ । विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ नेपालमा अवस्थित रहेको सबैलाई जगजाहेर छ यसको नेपाली नाम सगरमाथा हो तिवत्तीहरुले यसलाई चोमोलुङ्माका नामले पनि चिन्छन् ।

तर भारतीय मिडिया जी न्युजले नेपाली भूमिमा अवस्थित सगरमाथालाई समेत विवादमा ल्याउन अनेक जालझेल गर्ने कोसिस गरिरहेको देखिएको छ ।

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथाको पहिचानमा नै भारतले दाबी गर्नुपर्ने बताउँदै आफ्नो च्यानल जी न्युजमार्फत एक रिपोर्ट प्रसारण गरेका छन् ।

नेपालको राष्ट्रियतामाथि आँच पुर्ेयाउने गरी प्रसारण गरिएको सो आपत्तिजनक रिपोर्टमा जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने बताइएको छ ।

जी न्युजका प्रधानसम्पादक चौधरीले सगरमाथाको बेसक्याम्प कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘माउण्ट सिकन्दर’ राख्नुपर्ने समेत बताएका छन् ।

सन् १८५२ मा भारतीय नागरिक राधानाथ सिकन्दरले तत्कालीन समयमा सगरमाथाको उचाइ नापेका कारण सगरमाथामा भारतको दाबी हुनुपर्ने चौधरीको भनाई छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता जी न्युजका प्रधानसम्पादक चौधरीले लिइसकेका छन् । प्रधानमन्त्रीसँगको अन्तर्वार्तामा समेत चौधरीका प्रश्नमा भारतीय पूर्वाग्रह देखिएको थियो तर प्रधानमन्त्री ओलीले प्रष्ट जवाफ दिएका दिए ।

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीबीचको कपोलकल्पित संवादसहित आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियो ।

त्यस लगत्तै भारतीय मिडिया जी न्युजको नेपालमा चौतर्फी विरोध भएको थियो । केबल अपरेटरहरूले जी न्युजसहितका अन्य केही भारतीय च्यानलहरूको प्रसारणमासमेत रोक लगाएका थिए ।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस