२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथामा भारतीय च्यानल ‘जी न्युज’का पत्रकार चौधरीको गिद्धे नजर !

अ+ अ-

काठमाडौँ । विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ नेपालमा अवस्थित रहेको सबैलाई जगजाहेर छ यसको नेपाली नाम सगरमाथा हो तिवत्तीहरुले यसलाई चोमोलुङ्माका नामले पनि चिन्छन् ।

तर भारतीय मिडिया जी न्युजले नेपाली भूमिमा अवस्थित सगरमाथालाई समेत विवादमा ल्याउन अनेक जालझेल गर्ने कोसिस गरिरहेको देखिएको छ ।

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथाको पहिचानमा नै भारतले दाबी गर्नुपर्ने बताउँदै आफ्नो च्यानल जी न्युजमार्फत एक रिपोर्ट प्रसारण गरेका छन् ।

नेपालको राष्ट्रियतामाथि आँच पुर्ेयाउने गरी प्रसारण गरिएको सो आपत्तिजनक रिपोर्टमा जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने बताइएको छ ।

जी न्युजका प्रधानसम्पादक चौधरीले सगरमाथाको बेसक्याम्प कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘माउण्ट सिकन्दर’ राख्नुपर्ने समेत बताएका छन् ।

सन् १८५२ मा भारतीय नागरिक राधानाथ सिकन्दरले तत्कालीन समयमा सगरमाथाको उचाइ नापेका कारण सगरमाथामा भारतको दाबी हुनुपर्ने चौधरीको भनाई छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता जी न्युजका प्रधानसम्पादक चौधरीले लिइसकेका छन् । प्रधानमन्त्रीसँगको अन्तर्वार्तामा समेत चौधरीका प्रश्नमा भारतीय पूर्वाग्रह देखिएको थियो तर प्रधानमन्त्री ओलीले प्रष्ट जवाफ दिएका दिए ।

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीबीचको कपोलकल्पित संवादसहित आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियो ।

त्यस लगत्तै भारतीय मिडिया जी न्युजको नेपालमा चौतर्फी विरोध भएको थियो । केबल अपरेटरहरूले जी न्युजसहितका अन्य केही भारतीय च्यानलहरूको प्रसारणमासमेत रोक लगाएका थिए ।

हेर्नुस् भिडियो :