हेटौँडाको तीनतारे होटेलमा पूर्वउपसचिव लेखजंगध्वज केसीको शव भेटियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हेटौँडाको तीनतारे होटेलमा पूर्वउपसचिव लेखजंगध्वज केसीको शव भेटियो


२९ पुस २०७७, बुधबार


हेटौँडा । हेटौँडा–४ मेनरोडस्थित तीनतारे होटेल सामनामा नेपाल सरकारका पूर्वउपसचिवको शव फेला परेको छ ।

ओलखढुंगा स्थायी ठेगाना भई हाल भक्तपुर बालकोट बस्ने ६० वर्षीय पूर्वउपसचिव लेखजंगध्वज केसीको सोमबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट अवकाशप्राप्त पूर्वउपसचिव केसी पुस १२ देखि सामना होटेलमा बस्दै आएको खुलेको छ ।

केसी हेटौँडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि हेटौँडा गएका थिए । उनीसहित तीनजना होटेलको दुईवटा कोठामा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दीर्घ रोगी रहेका केसीले बेलुका मादक पदार्थ सेवन गरेर सुतेको र बिहान मृत भेटिएको खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस