चोरीको मोटरसाइकलसहित ७ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चोरीको मोटरसाइकलसहित ७ जना पक्राउ


२८ पुस २०७७, मंगलबार


सुरुङ्गा । मोटरसाइकल चोरीमा संलग्न सात जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोडलाई ‘सेल्टर’ बनाई कोठा भाडामा लिएर चोरीमा संलग्न गिरोहलाई नै प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । पक्राउ परेकाबाट १४ मोटरसाइकलसहित एक थान स्कुटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका-२ निवासी २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका-६ निवासी ३० वर्षीय रोशन गिरी, सोही ठाउँ निवासी ३० वर्षीय राजेश गिरी, सोही ठाउँका २० वर्षीय मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ बस्ने २१ वर्षीय रोशन भनिने २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङस्थित सिदिङवा गाउँपालिका-४ निवासी २२ वर्षीय सन्दीप लिम्बू रहेका छन् ।

विभिन्न मितिमा हराएका मोटरसाइकलसहित उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार केही दिनयता विर्तामोड तथा आसपासका क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका थिए । त्यसपछि गिरोहको खोजीमा लागेको प्रहरी एक हप्तामा उनीहरूलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस