जबज परित्याग गर्ने माधव नेपाल होइन, केपी ओली नै हुन् : प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबज परित्याग गर्ने माधव नेपाल होइन, केपी ओली नै हुन् : प्रचण्ड


२८ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गरेको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा आयोजित नेकपा प्रचण्ड-नेपाल समूहको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘कदमकदमलाई मैले हेरेको छु । जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने माधव नेपाल होइनन्, केपी अ‍ोली नै हुन् ।’

पार्टी एकताका क्रममा मदन भण्डारी र जबजसँगै माओवादी आन्दोलनको कार्यदिशालाई बिर्सनु नहुने कुरामा जोड दिँदा दिँदै ओलीले राजनीतिक बेइमानी गरेको आरोप प्रचण्डले लगाए ।

‘पार्टी एकताको अन्तिम बैठकमा जबज र माओवादी आन्दोलनबारे छलफल भयो । हामी पूर्वएमालेको सिद्धान्त र नीतिलाई निषेध गर्ने पक्षमा थिएनौँ । पूर्वमाओवादीको नीतिलाई निषेध गर्ने कुरै भएन । दुवै आन्दोलनको मूल्यांकन हुनुपर्छ र साझा कार्यदिशा बनाउनुपर्छ भन्नेभयो’, प्रचण्डले भने, ‘कुरा नमिलेपछि फेरि ओली र म बसेर छलफल गर्दा मदन भण्डारी र जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भयो । तर, यो इमान्दार ढंगले भएको होइन रहेछ । राजनीतिक बेइमानी यो भन्दा ठूलो अर्को देखेको छैन । प्रधानमन्त्री बन्नका लागि मात्र राजनीतिक सौदाबाजी गर्नुभएको रहेछ ।’

प्रचण्डले पार्टी विवादका नाममा संसद भंग गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको बताए । उनले पार्टीभित्र विवाद हुने र विवाद नभए पार्टी नै नरहने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस