१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ


२८ पुस २०७७, मंगलबार


काठमाडौँ । तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेकी छन्।

ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी १० हजार घुस रकमसहित पक्राउ परेकी हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनले कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्तिलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेकी थिइन्।

सो सूचना अख्तियारले पाएपछि पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनले घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस