२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्रका लागि साढे १२ लाख नागरिककोे विवरण संकलन सम्पन्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अहिले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकहरूको विवरण सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।

लकडाउनपछि प्रभावित बनेको नामावली संकलन कार्य अहिले जिल्लामा महामारी कम हुँदै गएपछिको अवस्थामा कर्मचारी फिल्डमा काम गर्न खटिन पाएकाले संकलनलाई तीव्रता दिइएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।

महानिर्देशक बस्नेतका अनुसार हाल १० जिल्लामा विवरण संकलन भइरहेको र माघ मसान्तभित्रमा थप ७ जिल्लामा विस्तार भई १८ जिल्लामा विवरण संकलनको काम थालिनेछ ।

झापा, सिन्धुली, ओखलढुङ्गा,उदयपुर,चितवन,गुल्मी,ललितपुर, डडेलधुरा, अछाम र कास्कीमा अहिले विवरण संकलन तीव्रताका साथ अगाडी बढीरहेको छ । कोरोना महामारीको चुनौतीका बावजुद पनि अहिलेसम्म साढे १२ लाख नागरिकको विवरण गरिसकिएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिए ।

हालसम्म पाँचथर, सङ्खुवासभा र कञ्चनपुर गरी तीन जिल्लामा विवरण सङ्कलन अभियान सकिएको छ । पाँचथर जिल्लामा त परिचयपत्र वितरण समेत गरिसकिएको छ । यसै हप्ताभित्र चितवनमासमेत विवरण संकलन कार्य सकिने निर्देशक ढकालले बताए ।

नेपाल राज्यभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचय व्यवस्थापन इकाईको स्थापना गरी विवरण दर्ता गर्ने कार्य सुचारु गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नागरिकहरूको समयमा नै विवरण दर्ता गर्ने उद्देश्यका साथ सबै स्थानीय तहका वडास्तरसम्म अभियानस्वरुप घुम्ती टोली परिचालन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

चालु आर्थिक वर्ष लाई ‘विवरण सङ्कलन अभियान वर्ष’ का रूपमा लिई विभागसँग रहेका जम्मा १०६६ वटा स्टेसनमार्फत नागरिकका विवरण दर्ता गर्ने विभागले लक्ष्य लिएको छ ।