आरआर क्याम्पसका एक प्राध्यापक यौन हिँसाको आरोपमा पक्राउ « प्रशासन
prasaLogo
२८ पुष २०७७, मंगलवार

आरआर क्याम्पसका एक प्राध्यापक यौन हिँसाको आरोपमा पक्राउ


प्रकाशित मिति : 12 January, 2021 1:27 pm

पक्राउ

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक यौन हिँसाको आरोपमापक्राउ परेका छन् ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई सोमबार प्रहरीले कलेजबाटै पक्राउ गरेको हो ।

महानगरीय पहरी परिसर काठमाडौँका डिएसपी शिद्धीविक्रम शाहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी शाहले जानकारी दिए

Tags :
प्रतिक्रिया दिनुहोस