आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति ?


२८ पुस २०७७, मंगलबार


काठमाडौँ । अघिल्ला दिन निरन्तर ओरालो लागेको सुनचाँदीको मुल्य आज (मंगलबार) रोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।

बढेको मूल्यसहित मंगलबार को लागि सुनको मुल्य तोलाको ९२ हजार ८०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९२ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९२ हजार ३०० पुगेको छ । हिजो ९१ हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस