पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मीलाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मीलाई


२८ पुस २०७७, मंगलबार


गलकोट । डा. तरुण पौडेल चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् ।

लामो समय स्वास्थ्य सेवामा समर्पित डा. पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा. प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो ।

यस्तै डा. तरुण पौडेल चिकित्सा सम्मान भने धौलागिरिी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिए । कोरोना कहरमा निरन्तर स्वास्थ्य सेवामा अविचलित भई सेवामा खटिएका स्वास्थ्यकर्मीलाई पुरस्कार र धौलागिरि अस्पतालको चुस्त व्यवस्थापन गर्न सफल अस्पतालका अध्यक्ष केबीरानालाई सम्मान गर्न लागिएको हो ।

पुरस्कृत र सम्मानीत चार जनालाई आगामी माघ महिनाको अन्तिम साता नगद १५÷१५ हजार सहित पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम छ । धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा कार्यरत डा. पौडेलले विसं २०७० मा कोषको स्थापना गरेका थिए । कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस