पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय विस्तारका लागि केन्द्रबाट खटाइए कर्मचारी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय विस्तारका लागि केन्द्रबाट खटाइए कर्मचारी 


२८ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डले प्रदेश स्तरीय कार्यालय विस्तारका लागि सात वटै प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाएको छ । बोर्डले सात वटै प्रदेशमा आफ्नो कार्यालय विस्तारका लागि प्रक्रिया थालेको हो ।

अध्ययनका लागि फिल्डमा खटाइएका कर्मचारीले १० दिनसम्म बोर्डमा आवश्यक तयारीसहितको प्रतिवेदन बुझाउने छन् । उक्त प्रतिवेदनका आधारमा बोर्डले प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्डले जनाएको छ ।

यद्यपि सातै प्रदेशमा कार्यालय स्थापनाका लागि बोर्डले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकम अपुग हुने अवस्था आएमा तालुक मन्त्रालयसँग प्रत्येक प्रदेशका लागि एक–एक करोड रुपैयाँ बजेट माग गरिएको जनाइएको छ ।

अहिले बोर्डबाट प्रदेशमा खटाइएका कर्मचारीले अध्ययन गरी कार्यालय रहने स्थान तय गर्नेछन् । स्रोतका अनुसार प्रदेश कार्यालयका लागि भने केन्द्रबाटै कर्मचारी खटाउने तयारी बोर्डको छ ।

प्रतिक्रिया दिनुहोस