काठमाडौँ । आज विहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
दिउँसो काठमाडौँको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ रबागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ । देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।
देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउने भएकाले यसबाट बच्न आग्रह गरिएको छ ।







