मनिषा कोइरालाको आक्रोस : ‘मौलिक हक खोसेर ओली सरकार अधिनायकवादतर्फ गयो’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनिषा कोइरालाको आक्रोस : ‘मौलिक हक खोसेर ओली सरकार अधिनायकवादतर्फ गयो’


२७ पुस २०७७, सोमबार


काठमाडौँ । सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

अभिनेत्री मनीषा कोइरालासहितको र्‍याली पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न भद्रकालीबाट सिंहदरबारको गेटतर्फ जाँदै गर्दा प्रहरीले रोकेको हो ।

प्रहरीले रोकेपछि र्‍यालीका सहभागीहरूले विरोध गरेका छन् । प्रहरीले हस्तक्षेप गरेको भन्दै अभिनेत्री मनीषा कोइरालाले ट्विटरमा आक्रोश पोखेकी छिन् । उनले नागरिकको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान नगरेको बताएकी छिन् ।

यस्तै पृथ्वीनारायणको सालिक अगाडि नै सरकारले आपत्तिजनक कार्य गरेको भन्दै कोइरालाले आक्रोश पोखेकी हुन् । कोइरालाले सोधेकी छिन्, ‘पानीको फोहोरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो ?’

Tags :
प्रतिक्रिया दिनुहोस