नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि, ५२७ जना संक्रमणमुक्त, १० को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि, ५२७ जना संक्रमणमुक्त, १० को मृत्यु


प्रशासन संवाददाता

२७ पुस २०७७, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ। २४ घन्टामा ३३०९ पीसीआर परीक्षण भएको मा ४८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५२७ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस