अझै घट्यो सुनको मुल्य, प्रतितोला ९२ हजार २०० मा कारोबार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अझै घट्यो सुनको मुल्य, प्रतितोला ९२ हजार २०० मा कारोबार


२७ पुस २०७७, सोमबार


सुन

काठमाडौँ । सुनचाँदीको मुल्य घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेको सुनको मुल्य सोमबार पुनः प्रतितोला ८०० रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मुल्य तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५०० कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ । हिजो १२ सय ७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस