स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पाँच निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पाँच निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ?


२७ पुस २०७७, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले पाँच निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री त्रिपाठीले स्वास्थ्य सेवा विभाग र तथा अस्पतालहरुका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

आइतबारको मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो ।

मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ । कान्ति बाल अस्पतालको जिम्मेवारी डा. आरपी बिच्छालाई दिइएको मन्त्रालय स्रोतले जानकरी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस