सरकारी जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२६ पुस २०७७, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु्) खोला आसपासको सरकारी/सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार कर्मचारीहरु मालपोत प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर, तत्कालिन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

त्यस्तै आयोगले सरकारी जग्गा हडप्न भूमिका खेलेको आरोपमा यूरो हाउजिङ्ग डेभलपर्स प्रा।लि र यूरो ल्याण्ड डेभलपर्स प्रा।लिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध पनि मुद्दा दायर गरेको छ।

आयोगले काठमाडौँ अस्पताल प्रा।लिका संचालकहरू डा। ईश्वरलाल आचार्य, डा। दुर्गामान जोशी र श्रीमती दुर्गेस नन्दिनी भट्टचनलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

कर्मचारी, युरो कम्पनी र काठमाडौँ अस्पतालको मिलोमतोमा ललितपुर महानगरपालिका–२८ र २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई हडपेको पाइएको आयोगका प्रवक्ता ताराप्रसाद अधिकारीले जानकारी दिए।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस