जनकपुरधाम । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सिराहा सदरमुकाम सिराहा नगरपालिका–२२ हकपाराका ३९ वर्षीय शिवनाथ यादवलाई प्रहरीले सो रकमसहित पक्राउ गरेको हो ।
प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवलाई सिराहा नगरपालिका–२१ बाट नियन्त्रणमा लिएको हो ।
यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।







