एकै दिन २ हजार ३०० रुपैयाले घट्यो सुनको मुल्य, तोलाको कति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकै दिन २ हजार ३०० रुपैयाले घट्यो सुनको मुल्य, तोलाको कति ?


२६ पुस २०७७, आइतबार


सुन

काठमाडौँ । आइतबार सुनचाँदीको मुल्यमा उच्च गिरावट आएको छ । आज एकै दिन सुनको मुल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको मुल्य तोलाको ९३ हजार रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९५ हजार ३०० रुपैयाँमा कारेबार भएको सुनको मूल्य घटेर आज ९३ हजार कायम भएको हो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस