इन्डोनेशियामा ६२ यात्रु बोकेको बोइङ ७३७ बिमान दुर्घटनास्थल भेटियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्डोनेशियामा ६२ यात्रु बोकेको बोइङ ७३७ बिमान दुर्घटनास्थल भेटियो


२६ पुस २०७७, आइतबार


काठमाडौँ । शनिवार इन्डोनेशियामा ६२ यात्रु बोकेर उडेको बोइङ ७३७ बिमान बेपत्ता भएपछि समुद्रमा दुर्घटना भएको पत्ता लागेको छ । अधिकारीहरुका अनुसार शनिवारदेखि खोजि कार्य जारी रहेकोमा दुर्घटना भएको स्थान आइतबार पत्ता लागेको छ ।

बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ । चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो ।

राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ।

जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो।

शनिवार त्यहाँको स्थानीय समय अनुसार २ बजेर ३६ मिनटमा जाकर्ता विमानस्थलबाट श्रीवेज एयरको विभान उडेको थियो । २ बजेर ४० मिनेटमा कलसाइनएसजेवाई१८२सहित अन्तिम कल रेकर्ड गरिएको यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस