यस्तो छ अगामी तीन दिनको मौसम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ अगामी तीन दिनको मौसम


२६ पुस २०७७, आइतबार


काठमाडौँ । देशका केही भूभागमा आंशिक बदली भए पनि सामान्यतया मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आइतबारको मौसमी बुलेटिन अनुसार आइतबार प्रदेश १ र २ मा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सफा रहने छ ।

यस्तै आइतबार राति पनि मौसममा कुनै परिवर्तन नआउने महाशाखाले जनाएको छ ।

यसैगरी सोमबार पनि मौसम सामान्यतया सफा रहने र प्रदेश १, २ र बागमती प्रदेशमा आंशिक बदली रहेन छ । मंगलबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस