२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा प्रकाशनको गरिमालाई बचाउन समिति र कर्मचारी जिम्मेवार बन्नुपर्छ : मन्त्री तुम्बाहाङफे

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको गरिमालाई बचाउन सञ्चालक समिति र कर्मचारी उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएकी छन् ।

साझा प्रकाशनको चौबिसौँ साधारणसभा कार्यक्रममा उनले कर्मचारीले प्रभावकारी ढङ्गले कार्यसम्पादन नगरेको पाइएको भन्दै आफूले प्रकाशनमा ल्याएको किताबका बारेमा बुझ्न खोज्दासमेत जानकारी पाउन नसकेको बताइन्। ‘कर्मचारीको काम तलब थाप्ने मात्र होइन’, उनले भनिन्, ‘कर्तव्यबोधका साथ काम गर्न नसक्नु ठूलो कमजोरी हो ।’

उनले साझा प्रकाशनमा विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धारासायी हुने अवस्थामा पुगेको भन्दै अहिलेको नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पुर्‍याउनेमा आफू आशावादी रहेको बताइन्। मन्त्री तुम्बाहाङफेले अहिलेको सङ्कटपूर्ण अवस्थामा सहयोग तथा अनुदानको जरुरत परे पनि यो संस्थालाई आत्मनिर्भर बनाउने दिशामा समिति र कर्मचारीको ध्यान पुग्नुपर्ने बताइन् ।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले डुब्न लाग्ने अवस्थामा पुगेको संस्थालाई सबैको सहकार्य र एकताबाट उठाउनुपर्ने बताए । उनले भ्रष्टाचार र अनियमिताका कारण विभिन्न संस्था कमजोर बन्दै गइरहेको भन्दै सार्वजनिक पदमा बहाल रहेको व्यक्ति विभिन्न स्वार्थबाट प्रेरित हुँदा समस्याहरु आउने गरेको बताए ।

नवनिर्वाचित अध्यक्ष विजय सुब्बाले साझालाई मरितुल्य अवस्थामा पुर्‍याउन अघिल्लो व्यवस्थापन बढी जिम्मेवार रहेको बताए । ‘मैले चलाएको भ्रष्टाचार विरोधी अभियानमा मिडियालगायत विभिन्न पक्षले निकै साथ दिए’, उनले भनिन्, ‘संस्थालाई ध्वस्त बनाउनेलाई मिल्काउन सफल भएका छौँ, अब संस्थाको मुहार फेरिने कुरामा शङ्का गर्नुपर्दैन ।’ उनले संस्थालाई कमजोर बनाउने कर्मचारीले अब छुट नपाउने भन्दै सच्चिएर अघि बढ्न निर्देशनसमेत दिए। कार्यक्रममा महाप्रबन्धक, होम गौतम, सञ्चालक समिति सदस्य डिपी अर्याल, साझा प्रकाशनका पूर्वअध्यक्ष डा. विष्णुविभु घिमिरे, साझाका निवर्तमान अध्यक्ष श्यामबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।