ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा हो : ईश्वर पोखरेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा हो : ईश्वर पोखरेल


२४ पुस २०७७, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित नेकपा ओली समूहको काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित जनप्रतिनिधि भेलामा नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हन्।

उनले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे। आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने उनले बताए।

कानूनी रुपमा विधिवत् रुपमा टुंगिन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने उनले बताए।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन उनले आग्रह समेत गरे। सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस