परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाने


२४ पुस २०७७, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमनत्री केपी शर्मा ओलीले शुक्रबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।

‘१४ तारिख (माघ १) परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ’, उनले भने, केही समयदेखि काठमाडौँ र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन्।

कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस