जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाए संविधान र विरोध पत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाए संविधान र विरोध पत्र


२४ पुस २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा दाहाल-नेपाल समूहले  जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ।

आज देशभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओली समक्ष संविधाको पुस्तक र विरोध पत्र पठाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिभि सभा विघटन गरिएको भन्दै दाहाल नेपाल समुहले प्रधानमन्त्री समक्ष विरोध ससहित संविधानको पुस्तक पठाएका हुन् ।

सो समूहले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज काठमाडैँ जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाइएको हो। नेकपाको काठमाडौँ जिल्ला कमिटी उक्त विरोधपत्र बुझाउन जुलससहित काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगेको थियो।

उक्त संविधान पुस्तक र विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए। देशका अरु जिल्लामा पनि नेकपाको दाहाल-नेपाल समूहले प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र र संविधानको पुस्तक बुझाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस