९ जनाले लगाए डिआइजीको फुली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

९ जनाले लगाए डिआइजीको फुली


२३ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीमा एसएसपीबाट डिआइजीमा बढुवा भएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्।

आइजिपी शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालयमा एक समारोहबिच ९ जना डिआइजीलाई फुली लगाइदिएका हुन्।

गृह मन्त्रालयले बुधवार मन्त्रीस्तरको निर्णयबाट बढुवा सिफारिस भएका एसएसपीहरू गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा। देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्यलाई डिआइजीमा बढुवा गरेको थियो।

बढुवा भएका ९ जना अधिकृतलाई आज फुली लगाइएको हो। समारोहमा बोल्दै आइजिपी थापा क्षेत्रीले पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए।

पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै डिआइजी पुरुषोत्तम कँडेलले प्रचलित कानुन र सङ्गठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो।

Tags :
प्रतिक्रिया दिनुहोस