नेत्रविक्रम चन्द समूहका चार जना काठमाडौँबाट पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेत्रविक्रम चन्द समूहका चार जना काठमाडौँबाट पक्राउ


२३ पुस २०७७, बिहिबार


काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको काठमाडौँ सेक्रेटरीसहित चार जना काठमाडौँबाट पक्राउ परेका छन्।

मंगलबार साँझ चार जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

पक्राउ पर्नेमा भिमसेन घिमिरे, हरिबहादुर चन्द, रामकुमार अधिकारी र विरेन्द्र शाही रहेका छन् ।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको विष्टले जानकारी दिए। उनीहरूलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौँ लगिएको डिएसपी बिष्टले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस