राष्ट्रिय सभा बैठक बस्दै, विषयगत समिति सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभा बैठक बस्दै, विषयगत समिति सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिने


२३ पुस २०७७, बिहिबार


काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् । सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीछ ।

यसअघि राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस