पर्यटन व्यवसाय पुनर्उत्थान गर्न चार देशको संयुक्त छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटन व्यवसाय पुनर्उत्थान गर्न चार देशको संयुक्त छलफल


२३ पुस २०७७, बिहिबार


काठमाडौँ । पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपालसहित चार देशले संयुक्त रुपमा छलफल गर्ने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले संयुक्तरुपमा छलफल हुने सहमति भएको हो ।

जयशंकरसँगको भेटपछि श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले विज्ञप्तिजारी गर्दै भनेका छन्, ‘भारत, श्रीलंका, नेपाल र माल्दिभ्सको बिचमा पर्यटन व्यवसायलाई पुनर्उत्थानको गर्ने बाटो पहिल्याउनको लागि सकेसम्म छिटो छलफल गर्ने निर्णय भएको छ ।’

यतिवेला भारतीय विदेशमन्त्री एस जयशंकर माल्दिभ्सको भ्रमणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस