६ जना कर्मचारीको भरमा तीन सय २१ आयोजना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६ जना कर्मचारीको भरमा तीन सय २१ आयोजना


२३ पुस २०७७, बिहिबार


कर्णाली ब्युरो । सुर्खेतस्थित खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालयमा कर्मचारी सङ्ख्या न्यून हुँदा आयोजनाका काममा ढिलाइ हुने भएको छ ।

तोकिएको समयमा आयोजनाको काम पुरा गर्न कर्मचारीको सङ्ख्या अपुग हुने भएकाले विकास आयोजनका काममा ढिलाइ हुने गरेको डिभिजन प्रमुख श्रीधर भट्टराईले बताएका छन् ।

उनका अनुसार कर्मचारी सङ्ख्या न्यून भएको र योजनाहरू अत्यधिक भएकाले अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण गरी गुणस्तर कायम गर्न कठिनाइ भएको छ । भट्टराई भन्छन्,‘कर्मचारीको सङ्ख्या न्यून छ, समानीकरण तर्फ अत्यधिक सङ्ख्यामा योजनाहरू रहेको हुँदा अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण गरी गुणस्तर कायम गर्न ज्यादै कठिनाइ भएको छ ।’

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कर्णाली प्रदेश, सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७/७८ का लागि तीन सय २१ आयोजना रहेका छन् । जसमध्ये सिँचाइ तथा नदी नियन्त्रणको सशर्त अनुदानमा १७ र समानीकरणमा एक सय ३६ योजना रहेका छन् । यसैगरी खानेपानी तर्फको सशर्त अनुदानमा ९० र समानीकरणमा ७१ आयोजना रहेका छन् । त्यस्तै ऊर्जा, ग्रामीण विविधीकरण तर्फ ७ वटा आयोजना रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कर्णाली प्रदेश, सुर्खेतले जनाएको छ ।

हाल उक्त कार्यालयमा २ जना इन्जिनियर र ४ जना सव इन्जिनियर कार्यरत छन् ।

आयोजनामध्ये सर्भे गरी लगत ईस्टिमेट तयार भएका योजना सङ्ख्या ७३, टेन्डर पक्रियामा रहेका ५ सम्झौता भई निर्माण सुरु भएका ४९ र बाँकी दुई सय दुई योजनाका काम सुरु गर्ने प्रक्रियामै छन् ।

यस आर्थिक वर्षमा कार्यालयको भौतिक तर्फ ५२.४ प्रतिशत र वित्तीय तर्फ २९.१८ प्रतिशत प्रथम चौमासिक प्रगति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस