बालुवाटारबाट बालिका खड्का पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बालुवाटारबाट बालिका खड्का पक्राउ


२२ पुस २०७७, बुधबार


काठमाडौँ। प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । बालुवाटारमा गएर अभद्र व्यवहार गरेपछि खड्कालाई पक्राउ गरिएको प्रहरी दाबी छ ।

काठमाडौँ प्रहरीका डीएसपी प्रमिस विष्टका अनुसार बालुवाटार गएर जथाभावी कराएको, उफ्रिएको भन्ने आएपछि अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ गरेको हो ।

खड्कालाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको हिरासतमा राखिएको छ । खड्का बालुवाटारमा धर्ना दिन पुगेकी थिइन् ।

यसअघि उनले प्रेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान भएको दावी गर्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिएन् । उनी यसअघि पनि पेरिसडाँडाबाट पक्राउ परेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस