सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ : रवीन्द्र मिश्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ : रवीन्द्र मिश्र


२२ पुस २०७७, बुधबार


काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्‍निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहद्वारा मंगलबार काठमाडौँमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताउँदै उनले सर्वोच्च अदालतले संसद् विघटन उल्टाइदिए सुखद हुने बताए ।

‘प्रधानमन्त्रीले संविधान कुल्चिएर विघटन गर्नुभएको छ । साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता भएको हो भने संसद् विघटनको सिफारिस दिउँसो भएको छ । प्रधानमन्त्रीले संसद् कुल्चिएको अवस्थामा म संविधानको पालना गर्छु । प्रतिनिधिसभाको अविश्वासको प्रस्तावमाथि छलफल गराउन चाहन्छु भनेर सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ,’ मिश्रले भने ।

 

Tags :
प्रतिक्रिया दिनुहोस