१ लाख ५० हजार घुससहित सवइन्जिनियर पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

१ लाख ५० हजार घुससहित सवइन्जिनियर पक्राउ


२२ पुस २०७७, बुधबार


काठमाडौँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तनहुँमा कार्यरत सवइन्जिनियर १ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सवइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा उक्त १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता अधिकारीले अधिकारीले बताए ।

सवइन्जिनियर अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस