आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा


प्रशासन संवाददाता

२२ पुस २०७७, बुधबार


सुुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस