संसद विघटनबारे सुनुवाई गरिरहेको संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद विघटनबारे सुनुवाई गरिरहेको संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा


२२ पुस २०७७, बुधबार


काठमाडौँ । न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाई गरिरहेको संवैधानिक इजलासमा नबस्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

आजदेखी सुरु भएको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएपछि न्यायाधिश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।

कार्की ओलीको पहिलेको प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता भइसकेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस