‘आजदेखि सबैको आँखा सर्वोच्चतिर, ओलीको गैरसंवैधानिक कदम सच्याउन अरू बाटो रोज्न नपरोस्’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘आजदेखि सबैको आँखा सर्वोच्चतिर, ओलीको गैरसंवैधानिक कदम सच्याउन अरू बाटो रोज्न नपरोस्’


२२ पुस २०७७, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सर्वोच्च अदालतको निर्णय हुनसक्ने बताएका छन्। अदालतले सही व्याख्या नगरे अरु बाटो रोज्न बाध्य हुने उनले बताए ।

उनले ट्वीटमा लेखेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ। ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ। अरू बाटो रोज्न नपरोस्।’

पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसकाविरुद्ध सर्वोच्चमा करिब एक दर्जन बढी रिट परेका थिए । बुधबारदेखि त्यसको सुनुवाइ सुरु भएको छ।

रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलास गठन भएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस