पौषमै फल्यो डोल्पामा स्याउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पौषमै फल्यो डोल्पामा स्याउ


२२ पुस २०७७, बुधबार


दुनै । डोल्पामा पहिलो पटक पौषमै स्याउ फलेको छ । जलवायु परिवर्तनको कारण पहिलो पटक डोल्पामा पौषमै स्याउ फलेको हो । जिल्लाको जुफाल लगायतका विभिन्न गाँउहरुमा पौषमा स्याउ फलेपछि कृषक नै चकित परेका छन् ।

बागावाणि विकास केन्द्र जुफालमासमेत स्याउ फलेपछि कृषि विकासका प्राविधिक नै छक्क परेका हुन् । जलवायु परिवर्तनको प्रभाव मौसमको चक्रमा परेर तापक्रममा वृद्धि भएको कारण त्यसको असर फलफूलमा पर्दा पौषमा स्याउ फलेको कृषि प्राविधिक डिल्लि बोहोराले जानकारी दिए ।

बोहोराले भने नेपालमा सरदर औसत तापक्रम ०.०६ सेल्सियसले बढी रहेको र तराइमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढी रहेकोले पनि डोल्पामा स्याउ पौषमा फलेको हुन सक्ने अनुमान रहेको बताए ।

चैत्र, वैशाखमा फुलफूलेर श्रावणबाट पाक्ने डोल्पाका स्याउ यस वर्ष स्याउ फर्ममा जङ्गली जातको स्याउ पौषमा दुई केजी भन्दा धेरै फलेको छ । पछिल्लो समय स्याउ फर्म तिर आकर्षण बढी रहेको बेलामा पौषमा स्याउ फलेपछि कतै ठुलो सङ्कट आएको हो कि भन्ने चिन्ता बढेको कृषक अर्जुन बुढाले बताए ।

डोल्पामा हाल सय भन्दा धेरै स्याउ फर्महरू रहेका छन् । उत्पादन मात्रै दिने सयौँ फर्महरू रहेको बेलामा दशौँ केजी स्याउ पौषमा फलेपछि धेरै कृषक अलमलमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस