प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न माग


२१ पुस २०७७, मंगलबार


काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् इजलासले हेर्नुपर्ने भन्दै भन्दै आज १२ जना निवेदकहरुले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । पुस ८ गते प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका कञ्चनकृष्ण न्यौपानेसहितका अधिवक्ताहरुले निवेदन दिँदै प्रतिनिधिसभा विघटनको मुद्दा बृहत् इजलासले हेर्नुपर्ने माग गरेका हुन् ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, नेकपा प्रचण्ड-पाल समूहबाट रिट दायर गरेका देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाई बृहत् पूर्ण इजलासबाट होस् भन्दै निवेदन दिएका हुन् ।

उनीहरुले संयुक्त रुपमा संवैधानिक इजलासमा विचाराधीन मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै रिट महाशाखामा निवेदन बुझाएका छन् । अधिवक्ता न्यौपाने आफूहरुले निवेदन शाखाका प्रमुख बाबुराम दाहाललाई बुझाएको र भोलि संवैधानिक इजलासमा निवेदन पेस गर्ने जवाफ पाएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलास र संवैधानिक इजलासमा पनि बहसकै क्रममा पनि अधिक्ताहरुले सो विषय बृहत् पूर्ण इजलासमा लैजान माग गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी करिब दर्जन रिट प्रधानन्यायाधीश राणाको एकल इजलासले सवैधानिक इजलासमा पठाएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा भोलिबाट संवैधानिक इजलासमा नियमित सुनुवाइका लागि पेसी तोकिएको छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस