संसद् विघटनविरुद्ध सडकमा आउन कांग्रेस र जसपालाई माधव नेपालको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद् विघटनविरुद्ध सडकमा आउन कांग्रेस र जसपालाई माधव नेपालको आग्रह


प्रशासन संवाददाता

२१ पुस २०७७, मंगलबार


काठमाडौँ  नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका संसद् विघटन गर्ने कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् ।

संसद् विघटन असंवैधानिक भएको भन्दै जसपाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सनकका भरमा संसद् विघटन गरेकाले त्यसका विरुद्धमा सडक प्रदर्शनमा आउन आग्रह गरेका हुन् । ‘एकजनाको सनकको भरमा, एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन सक्दैन । देशको भाग्य र भविष्य खाडलमा पार्न सकिँदैन । यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढौँ,’ उनको आग्रह थियो ।

ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धि धरापमा परेकाले सडक संघर्षमा मिलेर जानुपर्ने नेपालको भनाइ थियो । प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए। उनले आफैँले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको पनि बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस