प्रतिनिधिसभा अहिले पनि जिउँदै छ : उपेन्द्र यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा अहिले पनि जिउँदै छ : उपेन्द्र यादव


२१ पुस २०७७, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा अहिले पनि जिवितै रहेको बताएका छन् । आज जसपाले काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद जीवत रहेको बताएका छन् ।

उनले प्रतिनिधि सभा अहिले पनि ज्युँदै रहेको र सभामुखले संसद बैठक बोलाएर प्रतिनिधिसभा अगाडी बडाउन सकिने बताए । उनले भने,‘सभामुखले बैठक बोलाएर कामकारवाही गर्न सक्नुहुन्छ,’  ‘संसद अहिले पनि ज्युँदै छ।’

उनले अल्पमतमा परिसकेका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नहुने पनि बताएका छन्। केपी शर्मा ओलीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेकोले अल्पमतमा परिसकेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका छन्।

‘अल्पमतमा परिसकेको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर नै गरेका थिए। उहाँ अल्पमतमा परिसक्नुभएको अवस्थामा प्रतिनिधिसभा भंग गर्नुभयो। यसो गर्न मिल्दैन।’

संसद पुनर्स्थापनाको माग राखेर दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जसपाले पहिलो दिन काठमाडौं अन्तरक्रिया आयोजना गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस