परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, १० दिनका लागि सम्पूर्ण सेवा बन्द « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि, १० दिनका लागि सम्पूर्ण सेवा बन्द


२१ पुस २०७७, मंगलबार


काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिनका लागि कामकाज बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले मंगलबार सूचना जारी गर्दै परशुराम नगरपालिका कार्यालयबाट भइरहेका सेवाहरू १० दिनको लागि बन्द गरिएको जानकारी दिएका छन् ।

केही कर्मचारीहरूमा पुष १८ गते कोरोना पुष्टि भएको थियो ।

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि कोभिड १९ को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै परशुराम–५ स्थित धार्मिक स्थल परशुराम धाममा लाग्ने माघे सङ्क्रान्ति मेला पनि नहुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस