मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु


२१ पुस २०७७, मंगलबार


जनकपुरधाम । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका–३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार र मोटरसाइकल चालक घाइते भएका छन् ।
सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय चालक सुनिल थापालाई सामान्य चोट लागेको र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउकोमा चोट लागेको छ ।

दुबै जनाको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् । इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइएको छ ।

यसअघि शनिबार बाराको पथलैया–अमलेख गञ्ज सडकको जंगलमा कारले ठक्कर दिँदा पाटेबाघको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस