उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी


२१ पुस २०७७, मंगलबार


बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

तीन वर्षे कार्यकालका लागि छनौट हुने अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका तर्फबाट कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका हुन् ।

शर्मा २०६७ सालदेखि महासंघका केन्द्रीय सदस्य हुन् । श्रेष्ठ निवर्तमान केन्द्रीय सदस्य हुन् । शर्मा २०६४–६६ मा महासंघको तत्कालीन लुम्बिनी अञ्चल प्रतिनिधिसमेत थिए । महासंघको प्रदेश अधिवेशन पुस २५ गते बुटवलमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस