शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का (सूचनासहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का (सूचनासहित)


२१ पुस २०७७, मंगलबार


काठमाडौँ । शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको छ । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवामा रोक लगाएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सूचना जारी गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको छ। हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनले सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई जिल्लान्तर सरुवा रोक्का गरिएको जानकारी दिदै सोमबार परिपत्र गरेका छन् ।

दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले बताए । केन्द्रको पूर्वअनुमति लिएकाको हकमा भने जिल्लान्तर सरुवा गर्न पाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस