अवैध सालको काठसहित दुई जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अवैध सालको काठसहित दुई जना पक्राउ


२० पुस २०७७, सोमबार


पक्राउ

देउखुरी । दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान (३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राप्ती-९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिए । काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस