मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा कारण देखाऊ आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा कारण देखाऊ आदेश


२० पुस २०७७, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि कामचलाउ हैसियतमा पुगेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने र मन्त्रिपरिषद विस्तारको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्दै पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरुले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस