स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


२० पुस २०७७, सोमबार


काठमाडौँ । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौँबाट पक्राउ परेका छन् ।

कपिलवस्तुबाट निजी गाडीमा काठमाडौँ आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।

उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस