प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटी बैठक आज पनि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटी बैठक आज पनि


२० पुस २०७७, सोमबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दै छ । माधवकुमार नेपालको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बैठक बस्ने छ । बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने छ ।

पार्टी विभाजनपछि नेकपा (प्रचण्ड–माधव समूह) को यो तेस्रो स्थायी कमिटी बैठक हो । आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णयअनुसार यो बैठकअवधिभर नेता नेपालले नै अध्यक्षता र सञ्चालन गर्ने छन् ।

आइतबारको बैठकले स्थायी कमिटीमा पाँचवटा कार्यसूची पेस गरिएको थियो । तिनैमा आधारित भएर आजको छलफल अघि बढाइने छ । आइतबारको बैठकमा प्रदेश, जिल्ला र जबस मोर्चा (जनसंगठनहरू) को एकताका लागि पार्टी अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदलसमेत बनेको छ । त्यसले एकताका बाँकी कामहरू सक्ने छ । शनिबार पत्रकार सम्मेलन गरेर दाहाल–नेपाल समूहले संघर्षका थप कार्यक्रम घोषणा गरेका थिए ।

त्यस्तै स्थायी कमिटी बैठकमा केपी ओली समूहको विभाजनकारी क्रियाकलापबारे पनि छलफल गर्ने कार्यसूची छ । बैठकले प्रदेशसभा र सरकारबारे आवश्यक निर्णय लिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस