मंगलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मंगलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन


२० पुस २०७७, सोमबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ ।

आइतबार विभागले राजधानीमा तेल उद्योगीसँग छलफल गर्दै उद्योगीलाई मङ्गलबारभित्र कारण पेस गर्न निर्देशन दिएको हो ।

छलफलका क्रममा उद्योगीले सनफ्लावर र सोयाबिनको तेल कच्चा पदार्थका कारण महँगो भए पनि तोरीको भाउ नबढेको दाबी गरेको विभागले जनाएको छ ।

छलफलमा तेलको भाउ बढ्नुको कारणसहित मङ्गलबार कागजात पेस गर्न निर्देशन दिइएको र चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार अगाडि बढ्ने विभागले जनाएको छ।

छलफलमा तेल उत्पादनका मुख्य उद्योग शिवशक्ति, दुगड, गणपति, केडियाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस