पत्नी सीताको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै


२० पुस २०७७, सोमबार


काठमाडौँ । नेकपा अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाँदै छन् ।

आज बिहान ११ बजेको उडानबाट उनी पत्नी सीता र छोरी गंगाका साथ मुम्बइ जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्ड पत्नी सीतालाई विगत केही वर्षदेखि पार्किन्स जस्तो देखिने एक जटिल प्रकारको रोग लागेको छ । यस अघि पनि उनलाई उपचारका लागि भारत, अमेरिका र सिंगापुर लगिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस