वर्षा र हिमपात « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वर्षा र हिमपात


२० पुस २०७७, सोमबार


काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भइ विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज सामन्यतया दिनभर बदली रहने र देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने छ ।

आज सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

यस्तै आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेकोले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन तथा बदली, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केही गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग महाशाखाको अननुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस